Connect with us
Kapilvast Forest

वाढि पिडितलाइ राहत बोकेर कपिलवस्तुको टिम ढोरपाटन पुग्यो

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु -बागलुङ ढोरपाटन राहत संकलन समिति कपिलवस्तुले विहिवार ढोरपाटन नगरपालिका वडा नं ९ सुकुर्दुङमा पुगेर कपिलवस्तु बाट संकलन गरिएको राहत सामग्री वितरण गरेको छ । साथै राहत संकलन समितिले २ जना वाढि पीडित विद्यार्थी लाई कक्षा १२ सम्म पढाई खर्चको लागि कोष खडा गर्ने संयोजक केर सिंह अदलेै बताउनु भयो ।

ढोरपाटन नगरपालिका वडा नं ९ का अध्यक्ष हरि बहादुर घर्ति र वडा नं ७ का वडा अध्यक्ष दीपक थापा को रोहबरमा, ९७ घर परिवार पूर्ण बिस्थापित, ४३ घर परिवार आंसिक क्षति भएका घर परिवार लाई १४० थैली चिउरा , ५ केजी को हिसाबले, ९७ थान कम्बल, ९७ थान सिरानी, ९७ थान च्यादर, र बिस्कुट वितरण गरेको हो ।

बागलुङ बाट बसाइँ सरी कपिलवस्तुमा बसोबास गर्ने हरुले केर सिंह अडै को संयोजक तत्व मा ११ सदस्सीय सहयोग २ लाख १३ हजार नगद रकम जम्मा गरि संयोजक केर सिंह अदै, जुद्ध बहादुर कार्की, लोक राज गिरी लगायतको टिम ढोरपाटनमा पुगेर राहत वितरण गरेको हो ।

यसै गरी २ जन वादी पीडित विद्यार्थी लाई १२ कक्षा सम्म को पढाई खर्च, को लागि कोष खडा गर्ने भएको छ । ढोरपाटन नगरपालिका वडा नं ९ का घर बास नभएका, कक्षा ९ मा अध्ययन रत श्री ज्ञा नोदय माध्यमिक विद्यालय मा अध्यन रत महेन्द्र पुन , र ढोरपाटन नगरपालिका वडा न ८ सुप्रङ की बुबा नभएकी , घरबास नभएकी कक्षा ८ मा अध्ययन रत सजना वि क लाई पढाउन कपिलवस्तु मा कोष खडा गरिने संयोजक केर सिंह अ दै ले बताउनु भयो । ढोरपाटन वाढीपीडित हरुलाई सहयोग गर्ने सहयोगी हरूलाई , वडा अध्यक्ष , सचिव लगायतले धन्यवाद दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,