Connect with us
Kapilvast Forest

यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं-यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिईने भएको छ । पुरस्कार वितरण गर्ने नर्वेजियन नोबेल कमिटीले सन् २०२० को विश्व शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरेको हो ।

भोकमरी नियन्त्रण गर्न काम गरेको, द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि पहल गरेको, र युद्द र द्वन्द्वको समयमा भोकमरीलाई हतियारको रुपमा प्रयोग गर्न रोकेको लगायतको प्रयासको लागि पुरस्कार प्रदान गरिएको कमिटीले जनाएको छ ।

नोबेल पुरस्कार विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ।

उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ।नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले ूभोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोगू गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको हो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,