Connect with us
Kapilvast Forest

काठमाडौं उपत्यकामा थपिए १४०९ कोरोना संक्रमित

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

kaathmandu

 

काठमाडौं-काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ सय जनालाई संक्रमण पुष्टि भएको हो।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ लाख नाघेको छ।पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनु भयो आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको हो।

त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको हो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,