Connect with us
Kapilvast Forest

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको अध्यक्षमा अधिकारी चयन

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु-नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ कपिलवस्तु र अर्घाखाँची जिल्लाको अध्यक्षमा अनिल अधिकारी चयन हुनुभएको छ।

कपिलवस्तुको गोरुसिंगेमा कपिलबस्तु र अर्घाखाँची जिल्लामा रहेर सिटिइभिटिद्धारा सम्वन्धन प्राप्त तालिम तथा रोजगार प्रदायम सस्थाका संचालको भेलाले माइक्रोटेक ट्रेडिङ्ग बुद्धभुमीका संचालक अधिकारीको नेतृत्वमा समिति गठन भएको हो ।

जसको उपाध्यक्षमा बिवश बन्जाडे,सचिवमा टोम प्रसाद शर्मा, सह सचिवमा नविन गैरे,कोषाध्यक्षमा मुकेश कुमार शर्मा र सदस्यहरुमा सुवास यादव,घनश्याम चौधरी,दिलिप आलेलाई चयन गरिएको छ । त्यस्तै गठन भएको दुई वटा जिल्लाको सयुक्त समितिको सल्लाहाकारमा राईटस्टेप एजुकेसन प्रालिका संचालक दिपेन्द्र पौडेललाई चयन गरिएको छ ।

कार्यक्रममा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष्य सतिस कुमार अधिकारीले युवाहरु विदेश पलायन भइरहेको बेला तालिम प्रदायक सस्थाहरु एकजुट भएर कसरी युवालाई सिप सिकाउन सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने बताउनुभयो ।

स्थानिय तथा प्रदेश सरकारले युवा लक्षित भनेर धेरै कार्यक्रम राखेको भएपनि पहुच र सुचना नपाउँदा लक्षित वर्गलाई क्षमतावान बनाउन नसकिएको बताउनुभयो ।

प्रदेश उपाध्यक्ष अरुणराज मैनालीले सवै प्रदेशमा महासंघ गठन भइसकेको र जिल्ला तथा समिति गठन भइरहेको बताउनुभयो । अब व्यवसायीहरु एकजुट भएर सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

कपिलवस्तु र अर्घाखाँचीको जिल्लाका तालिम प्रदायक व्यवसायीहरुलाई एकजुट बनाएर कसरी सुचना पाउन तथा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा प्रदेश समिति सँग सहकार्य गरिने अध्यक्ष अनिल अधिकारीले बताउनुभयो । व्यवसायीलाई परेका समस्याहरुमा समाधान गर्न लागि पर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,