Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश सभाका सभामुख घर्तीलाई कोरोना

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

बुटवल – लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा सभामुख घर्तीमा संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक गणेश ओलीले  जानकारी दिनुभयो ।

ज्वरो आएपछि सभामुख घर्तीले बिहीबार पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको ओलीले बताउनुभयो ।

उनका अनुसार सभामुख घर्ती बुटवल रामनगरस्थित सरकारी निवासमै आइसोलेसनमाबस्नु भएकोछ। सभामुख घर्तीले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गरी सुरक्षित हुन आग्रह गरेका प्रेस संयोजक ओलीले बताउनु भयो ।यसअघि शुक्रबार नै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै बुटवलमा संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का सचिव सीपी खनालसहित तीनजना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार बुटवलमा ३२ जना नयाँ संक्रमित थपिएका छन् । बुटवलमा हाल ५९० जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,