Connect with us
Kapilvast Forest

लालु यादवलाई जमानत तर जेलबाट निस्किन नपाउने

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

lalu yadav

काठमाडौं-
भारतको बहुचर्चित चारा घोटलामा मुछिएका बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवले अदालतबाट जमानत पाएका छन् । शुक्रबार उनलाई झारखण्डको उच्च अदालतले चाइबासा कोषको अनियमिततामा जमानत दिने निर्णय गरेको हो । उनी मुख्यमन्त्री हुँदा उनले चाइबासा कोषबाट ३३ करोड ६७ लाख अवैधरुपमा निकालेका थिए ।

यद्यपि उनी अझै जेलबाट बाहिर भने आउन पाउने छैनन् । चारा घोटलाको दुमका कोषको मुद्दाबारे जमानतको टुङ्गो अझै लागिसकेको छैन । अदालतले यसमा पनि जमानत दिएको अवस्थामा उनी जेलबाट बाहिर आउन पाउनेछन् । दुमकामा अनियमितताको विषयमा आगामी नोभेम्बर ९ मा अदालतमा उनको जमानतको लागि याचिका दायर हुने अपेक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,