Connect with us
Kapilvast Forest

दुई दिन बिदा दिने प्रस्तावको होटल सङ्घद्वारा स्वागत

२०७७, २३ आश्विन शुक्रबारमा प्रकाशित

पोखरा- पश्चिमाञ्चल होटल सङ्घ पोखराले सरकारले सातामा दुई दिन बिदा दिन गरेको प्रस्ताव स्वागतयोग्य भएको जनाउँदै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

सङ्घले विज्ञप्ति जारी गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यवहारिक र समय सान्दर्भिक रहेको उल्लेख गर्दै यसलाई पारित गरेर कार्यान्वयमा ल्याउनुपर्नेमा जोड दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट बिदा प्रस्तावलाई सर्वसम्मत पारित गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौ ।”

विज्ञप्तिमा कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई लक्षित गरी पर्यटन मन्त्रालयबाट आएको प्रस्तावले पर्यटन तथा होटल उद्योगमा व्याप्त सङ्कटलाई जोगाउन विशेष भूमिका रहने जनाउँदै हप्तामा दुई दिन सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकार समक्ष अपिल गरिएको छ ।

छिमेकी तथा तेस्रो मुलुकबाट आगमन हुने पर्यटक र अन्य विविध समस्यालाई मध्यनजर गर्दै सो मन्त्रालयबाट आन्तरिक पर्यटन प्रवद्र्धन गरी पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्य उल्लेखित प्रस्तावमा अन्तर्निहित हुनु सकारात्मक पक्ष भएको विज्ञप्तिमा उल्लेख छ ।

सो प्रस्ताव कार्यान्वयनमा आए पर्यटन क्षेत्र चलायमान हुने भएकाले यसको कार्यान्वयन आवश्यक रहेको सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । उहाँले बिदा प्रस्ताव पारित भए व्यवसायी पलायन हुनबाट रोकिने र यसमा निर्भर श्रमिक पूर्ववत् रुपमा रोजगारका फर्किने बताउनुभयो ।

यसैबीच संघीय सरकारले विशेष गरी पर्यटन तथा होटल व्यवसायलाई कोभिड–१९ का कारण अति प्रभावित उद्योग व्यवसायको रुपमा वर्गिकरण गरी व्यवसायलाई पनर्जागरण र पुनःउत्थान गर्न एक खर्बको पुनर्कर्जा प्रदान गर्ने व्यवस्थाप्रति पनि सङ्घले सकारात्मक भनाइ राखेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,