Connect with us
Kapilvast Forest

सन्दीप आवद्ध दिल्ली क्यापिटल्स आइपीएलको शीर्ष स्थानमा

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

ipl-sandip.jpg

एजेन्सी-नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स आईपीएल टी(ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।यूएईको सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

सारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पच्छ्याएको राजस्थान १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै याशभी जैशवालले ३४ रन जोड्दा कप्तान स्टिभ स्मिथले २४ रन बनाउनु भयो। जोस बट्लर १३ रनमा आउट हुनु भयो ।

राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका कागिसो रबडाले ३ विकेट लिएनु भयो । यस्तै रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २र२ विकेट लिनु भयो । अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेको नाममा १र१ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाउनु भयो । यस्तै मार्कुस स्टोनिसले ३९ रन जोड्दा कप्तान श्रेयस आयरले २२ रन बनाउनु भयो ।

ओपनरद्वय पृथ्वी श १९ र शिखर धवन ५ रनमा आउट अुनु भयो। अक्षर पटेल १७ रन बनाउदा हर्सल पटेलले १६ रन जोड्नु भयो ।राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिनु भयो । यस्तै राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले १र१ विकेट लिनु भयो ।

दिल्लीले सन्दीपलाई भने मौका दिएको छैन । सन्दीप लगातार छैठौँ खेलमा प्लेइङ सेट बाहिर रहनु भएको हो ।जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ । दिल्लीको यो पाँचौ जित हो ।राजस्थानको भने यो चौंथो हार हो । राजस्थान ६ खेलमा ४ अंकसहित सातौँ स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,