Connect with us
Kapilvast Forest

सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता असफल, केसी पक्षले कडा आन्दोलन गर्ने चेतावनी

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं-सरकार र डा। गोविन्द केसीका प्रतिनिधिबीच शुक्रबार राति बसेको वार्ता असफल भएको छ ।बिहीबार विनानिष्कर्ष टुंगिएको वार्ता शुक्रबार पुनस् शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा राति ९ बजेदेखि बसे पनि सहमति हुन नसकेको डा केसी तर्फका वार्तामा सहभागी डा जीवन क्षेत्रीले बताउनु भयो

डा केसीले राखेका मागहरु मध्ये २०७५ साउन १० गते भएको सम्झौता पूरा गर्नुपर्ने विषयमा सरकार पक्षले कुनै सहमति नजनाएपछि वार्ता असफल भएको उहाँले बताउनु भयो ।

वार्ता असफल भएपछि डा केसीका तर्फका वार्तामा सहभागी डा जीवन क्षेत्रीले सरकार पक्षले माग सम्बोधन गर्ने विषयमा कुनै म्यान्डेट तयार नगरेको बताउनु भयो ।

डा क्षेत्रीले सरकारले डा केसीको माग सम्बोधन गर्न र उहाँको जीवनरक्षा गर्ने विषयमा गम्भिर नभएको भन्दै आजदेखि कडा आन्दोलनका कार्यक्रम गर्ने पनि बताउनु भयो ।

शुक्रबार दिनभर शिक्षा मन्त्रालयमा सरकारका मुख्य सचिव, शिक्षा मन्त्री, शिक्षा सचिव तथा सरकारी वार्ताटोलीबीच आन्तरिक छलफल भएपछि सरकारले शुक्रबार राती ९ बजे शिक्षा मन्त्रालयमा पुन डा केसीका प्रतिनिधिसँग वार्ता गरेको हो ।

वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा थिएरहनु भउको थियो ।

यस्तै डा केसीको तर्फबाट उनका प्रतिनिधिहरु डाक्टर जीवन क्षेत्री, डाक्टर अञ्जनी कुमार झा, डाक्टर लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल सहभागी हुनुहुन्थ्यो ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा केसीले भदौं २९ गतेदेखि अनसन बस्दै आउनु भएको छ । डा केसीको अनसनको सनिबार २७ औं दिन हो । अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

यस्तो छ केसी पक्षका वार्ता टोलीले जारी गरेको विज्ञप्ति

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,