Connect with us
Kapilvast Forest

दसैँको अग्रिम  टिकटको निषेधाज्ञा भयो भने जिम्मा कसले लिने भन्दै टिकट खोल्ने सम्भावना न्यून

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

buspark_sunsan

काठमाडौं-विगतका वर्षहरूजस्तै दसैँ–तिहार र छठजस्ता चाड सुरु हुनुुपूर्व खोलिने लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ यो वर्ष नखोलिने सम्भावना बढेको छ । शुक्रबार अग्रिम टिकट बुकिङको विषयमा भएको छलफलमा कुनै निर्णय नभएको यातायात व्यवस्था विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिएनु भयो । ‘सरोकारवालासँग बैठक बसे पनि कुनै निर्णय नभएको उहाँले बताउनु भयो ‘अब अग्रिम टिकट बुकिङ हुने सम्भावना घट्दै गएको छ ।’ तर, असोज अन्तिममा एकपटक बस्ने गरी बैठक सकिएको छ । ‘त्यसवेलासम्म अवस्था सामान्यतर्फ जाने सम्भावना देखिएमा अग्रिम टिकट खोल्ने निर्णय हुन सक्छ,’  ।

अर्कोतिर यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नै नभएको बताउनु भयो । अहिले नियमित चल्ने सवारीसाधनसमेत खाली–खाली रहेका कारण अग्रिम बुकिङको औचित्य नै नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनु भयो ।

अग्रिम टिकट खोल्नुअघि दुई सर्त पूरा हुनुपर्ने पनि व्यवसायीको माग छ । पहिलो अग्रिम टिकट काटेपछि निषेधाज्ञा भयो भने काटिएको टिकटको जिम्मा कसले लिने भन्नेमा व्यवसायीको चासो छ । त्यस्तो अवस्थामा काटिएका टिकटको जिम्मा सरकारले दिने ग्यारेन्टी गरेमा अग्रिम टिकट बुकिङ गर्न सकिने उहाँहरूको भनाइ छ । त्यस्तै, हवाई उडानको जस्तै बसमा पनि शतप्रतिशत यात्रु बोक्न पाउने व्यवस्था हुनुपर्ने व्यवसायीको माग छ । यातायात मन्त्रालयले शतप्रतिशत यात्रु बोक्न पाउने व्यवस्थाका लागि सिसिएमसीमा प्रस्ताव लगे पनि अझै निर्णय भएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो र मध्यम दूरीको सार्वजनिक सवारीसाधनमा पूर्ण सिट क्षमतामा सञ्चालनका लागि गरेको प्रस्ताव झन्डै दुई हप्तादेखि रोकिएको छ । यातायात मन्त्रालयले चाँडो निर्णय गर्न चाहेको भए पनि स्वास्थ्य मन्त्रालयले रोकिदिएको बुझिएको छ । सिसिएमसीबाट पूर्ण क्षमतमा यात्रु बोक्न पाउने निर्णय भएको खण्डमा भाडादर भने पुरानो नै कायम गरिने यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताउनु भयो । यसअघि सरकारले कोरोना संक्रमणका वेला सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्नुपर्ने र भाडा भने तत्कालीन तोकिएको भाडादरको ५० प्रतिशत थप लिन पाउने निर्णय गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,