Connect with us
Kapilvast Forest

नेकपामा ३२ विभागको एकता प्रक्रिया असोज भित्र टुंगो लगाउने

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

nekapa meet

काठमाडौं-मन्त्रिमण्डलको समग्र पुनर्गठन गर्ने वा रिक्त रहेका तीन मन्त्रालयमा मात्र तत्काल मन्त्री नियुक्त गर्ने भन्ने विषय पटक पटकको कुराकानीपछि टुंग्याएका नेकपाका दुई अध्यक्षलाई फेरि मन्त्री चयन गर्न सकस भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हाललाई रिक्त रहेको तीनवटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने र थप पुनर्गठन दशैं–तिहारपछि हुने भएको छ।

तर, ती तीन मन्त्रालयमा मन्त्री बनाउने व्यक्ति चयन गर्न भने दुवैजना नेतालाई निकै सकस परेको छ।अर्थ, शहरी विकास र सूचना तथा सञ्चार प्रविधि जस्ता महत्वपूर्ण मन्त्रालय लामो समयदेखि रिक्त छन्।

अहिलेको कोरोना महामारीलगायत अन्य महत्वपूर्ण नियमित काममा निरन्तर भूमिका रहने अर्थमन्त्रालय एक महिनादेखि मन्त्री नहुँदा प्रधानमन्त्रीले सो मन्त्रालय आफै मातहत राख्नु भएको छ ।

मन्त्रालयका महत्वपूर्ण निर्णयहरु गराउन सचिवहरु नियमित बालुवाटार धाउनुपर्ने बाध्यता छ। यसैकारण तत्काल रिक्त मन्त्रालयलाई पूर्णता दिएर तिहारलगत्तै पूर्णरुपको पुनगर्ठन गरेर जान प्रचण्डलाई सहमत गराए पनि ती मन्त्रालयमा पठाउने नेताहरुबारे टुंगो लगाउन भने सकेका छैनन्।

यसपटक पार्टीका तीन प्रभावशाली नेताहरुलाई सरकारमा सामेल गराउन दुवै नेता सहमत भए पनि प्रस्तावित व्यक्तिहरुले मन्त्रालय रोज्न थालेपछि अप्ठ्यारो परेको हो।

पार्टीका महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई रिक्त मन्त्रालयमा पठाउन दुई नेताबीच सहमति भएपनि पाण्डेले अर्थ र शर्माले गृह दाबी गरेपछि सो आंशिक पुनर्गठनको प्रयास समेत रोकिएको ओली र प्रचण्ड दुवैतर्फका स्रोतहरुले जनाएका छन्।

डा। युवराज खतिवडालाई निरन्तरता दिने प्रयास विफल भएदेखि नै प्रधानमन्त्री ओलीले अर्थमा विष्णु पौडेललाई नै लैजाने मनस्थिति मा रहनु भएको छ।

एउटै मन्त्रालयमा दुईजनाको दाबी परेपछि मन्त्री टुंगो लगाउने विषयमै कुरा रोकिएको छ।‘रिक्त मन्त्रालयमा पौडेल, पाण्डे र शर्मालाई लैजाने दुबै अध्यक्षबीचमा सहमति जुटिसकेको थियो,’ ओलीनिकट स्रोतले भन्यो, ‘तर, प्रस्तावित नेताहरुले मन्त्रालय रोजेका कारण रोकिएको छ।’

कार्यकारी अध्यक्ष प्रचण्डनिकट स्रोतले पनि शर्माले अर्थ वा गृह पाउनुपर्ने अडान राखेको बतायो।

‘पार्टी एकतादेखि पार्टीभित्र संकट उत्पन्न हुँदा समेत मैले नेतृत्वकै पक्षमा मरिमेटेर लागेको छु,’ शर्माले ओली–प्रचण्डसँग भनेको कुरा उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘नेतृत्वले मेरो इमान्दारिता देखेको हो भने योगदानको मूल्याङ्कन गरोस्, यो पटक अर्थ वा गृहमध्ये एउटा मन्त्रालय देओस्।’

आइतबारको सचिवालय बैठकपछि लगातार छलफलमा बसेका अध्यक्षद्वयले माधव नेपाल समूहको समेत प्रतिनिधित्व गर्नेगरी तीन मन्त्री नियुक्त गर्न लागेका हुन्। ओलीनिकट पौडेल, नेपाल समुहका पाण्डे र पूर्वमाओवादी नेता शर्मालाई मन्त्री बनाउँदा तीनै पक्ष समेत समेटिन्छ।‘रिक्त मन्त्रालयमा लैजाने नामबारे सहमति जुटेपनि सम्बन्धित व्यक्तिले एउटैमा दाबी गरेपछि अध्यक्षद्वयलाई सोहि विषय टुंग्याउन सकस परेको छ’,

यसअघि तीन मन्त्रीमात्र नियुक्ति गरेर जाने र तिहारपछि पूर्णरुपको मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा प्रचण्ड असहमत रहनु भएको थियो । प्रचण्डले रिक्त रहेका मन्त्रालयसहितको समग्र पुनर्गठन नै एकमुष्ट गर्न जोड गनुृ भएको थियो ।
।दुई नेताले चयन गरेका तीन नेताले नै मन्त्रालयमा असहमति जनाएपछि अर्को अप्ठेरो आइलागेको बालुवाटारनिकट नेताहरुको भनाइ छ।

प्रचण्डनिकट अर्का एक नेताले पौडेल, पाण्डे र शर्मालाई मन्त्री बनाउन दुवै नेताबीच सहमति भएको हुँदा मन्त्रालयको विषय मिल्नासाथ तत्काल तीन मन्त्री थपिन सक्ने बताउनु भयो।

असोज मसान्तभित्र पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउनेबारे पनि दुई अध्यक्ष र महासचिवले तयारी रहेको छ।नेकपाका तीन आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुंगो लगाउन बाँकी छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,