Connect with us
Kapilvast Forest

अनलाइन प्रणालीबाट एक महिनामै छ करोड ७५ लाख राजश्व असुली

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं-अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले ६ करोड ७५ लाख असुल गरेको छ।

यसरी सङ्कलित भएको राजश्वमा सबैभन्दा बढी वहाल कर रहेको छ। यस वर्षको लागि कामपाले ११ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य लिएको छ। कामपाले पहिलो पटक यस प्रणालीको शुरुआत् यही असोज १ गतेदेखि गरेको हो।

शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही असोज १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा सङ्कलन कार्य प्रभावकारी बन्दै गएको कामपाले जनाएको छ।।

कामपा राजश्व विभागका निर्देशक शिवराज अधिकारीले यस कार्यको शुरुआतसँगै कामपालाई कर्मचारीे व्यवस्थापन र पारदर्शी बनाउन सहयोग पुगेको बताए। यो प्रणाली साङ्ग्रीला इन्फरमेटिक्सले विकास गरेको हो।

यही असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा आएको छ। यसैगरी असोज १३ गतेदेखि वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा यो प्रणाली लागु भएको छ।

अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म छन्। तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मुल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ।

करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,