Connect with us
Kapilvast Forest

कोरोनाको असर सुधारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वव्यापी शान्ति सुव्यवस्थाका लागि बाङडुङ सम्मेलनले प्रतिपादन गरेका सिद्धान्त समयसापेक्ष र सांस्कारिक आदर्शका रूपमा रहेको बताउनुभएको छ । ज्ञवालीले सबैभन्दा गरिब र कमजोर देश तथा जनतामा कोरोना भाइरसले बढी असर गरेको उल्लेख गर्दै त्यसमा सुधार गर्न अझ बढी अन्तर्राष्ट्रिय सहकार्य र सहयोग जरुरी रहेको बबताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको जारी ७५औँ साधारण सभाको अवसर पारेर शुक्रबार आयोजना गरिएको असलंग्न आन्दोलनको मन्त्री स्तरीय वार्षिक बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री ज्ञवालीले असंलग्न आन्दोलनको आधारशीलाका रूपमा रहेको १० बुँदे सिद्धान्तको पालना अझै पनि महìवपूर्ण छ भन्नुभयो ।

वर्तमान अवस्थामा सबैभन्दा गरिब र सबैभन्दा कमजोर देश र जनतामा परेको कोभिड–१९ को प्रभावलाई जोड दिनुहुँदै उहाँले सुधारका लागि अझ बढी अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको मन्त्री ज्ञवालीको भनाई रहेको  छ ।उक्त मन्त्रीस्तरीय बैठकमा ३६ मुलुकका मन्त्रीसहित ५४ जनाले सम्बोधन गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,