Connect with us
Kapilvast Forest

विश्वकप छनोटमा कोलम्वियाको सानदार जित

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

एजेन्सी – सन् २०२२ मा कतारमा आयोजना हुने कतार विश्वकपको दक्षिण अमेरिकी स्तरको विश्वकप छनोटको पहिलो खेलमा कोलम्वियाले सानदार जित हात पारेको छ ।

शनिबार बिहान भएको खेलमा घरेलु टोली कोलम्वियाले भेनेजुएलामाथि ३–० को सहज जित निकालेको हो । कोलम्वियाको जितमा लुइस मुरिलले दुई तथा डुभान जापटाले एक गोल थप्नु भयो । पहिलो हाफमा गरेको तीन गोल नै कोलम्वियाको जितमा पर्याप्त बन्यो ।

खेलको १६औं मिनेटमा कप्तान हामेस रोड्रिग्वेजको पासमा जुवान क्वाडराडोले क्रस गरेको बललाई डुभान जापटाले क्लोज रेन्जबाट उत्कृष्ट फिनिस गर्नु भएको थियो । २६औं मिनेटमा लुइस मुरिलले गोल गर्दै कोलम्वियाको अग्रता दोब्बर पार्नु भयो । जोहान मोजिकाको क्रस विपक्षी खेलाडीलाई डिफ्लेक्ट हुदै आएको बललाई अनमार्क रहेका मुरिलको प्रहारलाई भेनेजुएलाका गोलरक्षक वुइल्कर फारिनेजले रोक्ने कुनै मौक नै पाउनु भएन ।

३३औं मिनेटमा जेफर्सन साभारिनोको प्रहारलाई डिफेन्डरले ब्लक गर्दै भेनेजुएलाको गोलअन्तर बढ्न दिनु भएन । ३५औं मिनेटमा रोबर्टो रोसेल्सको प्रहारलाई कोलम्वियाका गोलरक्षक क्यामिलो भर्गासले बचाएपछि भेनेजुएला अग्रता कम गर्नबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक क्यामिलोले दिएको पासमा लुइस मुरिललले काउन्टर अट्याकमा बल एक्लै अघि बढाउदै गोल गर्न सफल भएपछि कोलम्वियाले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो ।

५०औं मिनेटमा भेनेजुएलाका डार्विन माचिसको प्रहार बाहिरियो । ५५औं मिनेटमा रोनाल्ड हर्नान्डेजको प्रहारलाई गोलरक्षक क्यामिलो भर्गासले बचाउदै कोलम्वियाको अग्रता कायमै रहयो । ७२औं मिनेटमा कप्तान हामेस रोड्रिग्वेजको पासमा सब्सिच्युट फ्रान्क फाब्राको प्रहार बाहिरिंदा कोलम्वियाले अग्रता बढाउने अवसर खेर फाल्यो ।

७६औं मिनेटमा राडामेल फल्काहोको प्रहारलाई भेनेजुएलाका गोलरक्षक वुइल्कर फारिनेजले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा कोलम्विया ३–० ले विजयी हुन सफल भयो ।
जितसँगै कोलम्वियाले एक खेलबाट ३ अंक जोडेको छ । भेनजुएलाले अंक जोड्न सकेको छैन ।विश्वकप छनोटमा दक्षिण अमेरिकाको १० राष्ट्रको सहभागिता रहेको छ । शीर्ष चार टोलीले विश्वकपमा स्थान पक्का गर्दा पाँचौ स्थानमा रहने टोलीले प्ले अफमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,