Connect with us
Kapilvast Forest

कुलमान बाहिरिएसँगै विद्युत कटौती बढ्यो, आज ६ जिल्लामा विद्युत कटौती

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

विद्युत् मर्मतका लागि पोल चढेका इलेक्ट्रिसियनको खसेर मृत्यु

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै विद्युत कटौतीको समस्या बढ्न थालेको छ ।उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सूचना दिएर मात्रै विद्युत कटौती गर्न निर्देशन दिए पनि सुधारका अन्य उपायबारे निर्देशन दिएको छैन । तथापि मर्मतसम्भार लगायतका प्राबिधिक समस्याले विद्युत कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाका अनुसार चुस्तरूपमा सिस्टम नबनेसम्म यो समस्या कायमै रहने रहनेछ । ।आज ६ जिल्लामा विद्युत कटौती गर्ने भएको छ।नेपाल विद्युत् प्रधिकरणले आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती गरेको छ ।शुक्रबार प्राधिकरणले निकालेको सूचना अनुसार आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का विभिन्न स्थान तथा काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती हुने जनाएको छ ।

सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा ७ बजेबाटै विद्युत कटौती भइसकेको छ । अब दिउँसो ३ बजे मात्रै ती क्षेत्रमा विद्यु उपलब्ध हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,