Connect with us
Kapilvast Forest

बुटवल कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

corona-hospital-butwal

बुटवल— बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ४ बजेर ५० मिनेटमा शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुष र बुटवल १० का ७९ वर्षीय पुरुषको शनिबार बिहान ७ बजे १५ मिनेटमा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो।

शुद्धोधनका ५७ वार्षिय पुरुषलाई गत असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पीसीआर जांच गराउँदा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो।
उनी क्षयरोगको समस्या थियो । उनलाई दुई दिनसम्म भेन्टिलेटरमा राखी उपचार समेत गरिएको थियो ।

त्यस्तै, बुटवलका ६९ वर्षिय पुरुष पनि लामो समय देखि निमोनिया र मिर्गौलामा समस्या थियो । उनलाई १३ दिनसम्म भेन्टिलेटरमा राखी उपचार भइरहेको डा.थापाले जानकारी दिनुभयो ।

योसँगै बुटवल कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,