Connect with us
Kapilvast Forest

डब्ल्युएचओलाई नोबेल शान्ति पुरस्कार नदिएकोमा गुनासो

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

who

एजेन्सी -कोरोना भाइरस महामारी संकटको बीचमा यो सँग लड्न विश्वब्यापी अभियानमा लागेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)लाई यस बर्षको नोबेल शान्ति पुरस्कार नदिएकोमा चिनियाँ सन्चार माध्यमहरुले कडा आलोचना गेको छ ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले नोबेल शान्ति पुरस्कार बेकार भइसकेको र त्यसलाई बन्द गर्नु पर्ने टिप्पणी गर्नु भएको छ ।

सिजिनले लेखेका छन् -‘ नोबेल कमिटी भित्र विश्व स्वास्थ्य संगठनलाई पुरस्कार प्रदान गर्ने त्यति पनि साहस छैन, किनभने यसले अमेरिका रुस्ट हुनेछ । नोबेल पुरस्कार धरै पहिला नै रद्द गर्नु पथ्र्यो । यो पश्चिमी र अमेरिकाका ठुलठुला ब्यक्तीहरुको दलाली गर्ने बाहेक अरु केही गर्दैन र कयौं पटक बनावटी सन्तुलन बनाउने प्रयास गर्ने मात्रै हो ।’

सन् २०२० को नोबेल शान्ति पुरस्कारबाट विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीलाई सम्मानित गरिएको छ । शुक्रबार ओस्लोमा नोबेल समितिका अध्यक्ष बेरिट रेइस एन्डरसनले पुरस्कार विजेताको घोषणा गरेको हो ।

कोरोना भाइरसको कहरसँग लडिरहेका अमेरिका लगायत केही देशले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)लाई आफनो निसाना बनाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्युएचओलाई चीनमुखी भएको आरोप लगाएको थियो । महामारीमा डब्ल्युएचओको भुमिकालाई लिएर असन्तुष्ट बनेका ट्रम्पले उक्त विश्व संस्थालाई दिँदै आइरहेका कोष नै रोकेको छ । साथै अमेरिका डब्ल्युएचओबाट बाहिरिएको समेत घोषणा गरिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,