Connect with us
Kapilvast Forest

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा पहिरो पिडितकालाइ आर्थिक सहयोग

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

अर्घाखाँची – अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले जिल्लाको शितगंगाका पहिरो पिडितकालागि विहिवार १५ लाख ४२ हजार १ सय ९१ कोरियन वन (१ लाख ५५ हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।

अविरल वर्षा पछि पहिरो जाँदा जिल्लाको शितगंगा नगरपालिकाका १२ वडाका ३० घरमा पुर्ण रुपमा क्षति पुगेको र अन्य १९ घर समेत विस्तापित भएका थिए ।

पिडित परिवारकालागि स्थानिय र प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको भएपनि थप सहयोग गर्ने उद्देश्यले मञ्चले कोरियाका नेपालीसँग सहयोगको अपिल गर्दै आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो ।

सोहि राहत संकलन अभियानबाट संकलित रकम शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीको रोहवरमा पिडितलाई हस्तान्तरण गरिएको अभियानका संयोजक तथा जिल्ला सम्पर्क मञ्चका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिनुभएको छ ।

पिडितकालागि अति आवश्यक थोरै भएपनि आर्थिक राहत पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरी रकम पठाईएको अर्का अभियान्ता तथा मञ्चका सल्लाहकार मिन पोख्रेलले बताउनु भयो ।अभियानमा कोरियामा रहेका ८६ जना नेपालीले सहयोग गरेका थिए ।अभियानमा सुन्दर पन्थी, मिन पोख्रेल र दिपक खनालले सक्रियतापुर्वक अर्थ संकलन गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,