Connect with us
Kapilvast Forest

भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

congress\

काठमाडौं -नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो । पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनु भयो ।

बैठकको नयाँ मिति पनि तोकिएको छैन । पूर्व पदाधिकारीको निधन हुँदा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएकाले २५ गते कार्यालय बन्द हुन्छ ।

एक नेताका अनुसार २६ गते बैठक बस्न सकिन्थ्यो । तर सचिवालयका एक सदस्यलाईर् कोरोना संक्रमण पुष्टि भएकाले वरिष्ठ नेता रामचन्द्र पौडेल आइसलेसेनमा बसेका छन् ।त्यसैले दशैं अगाडि केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना कम हुँदै गएको एक सदस्यले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,