Connect with us
Kapilvast Forest

डाक्टर केसीको पक्षमा माइतीघरमा प्रदर्शन

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं – अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ ।चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो

बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहेपनि सफल हुन सकेको छैन । वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको भनाई छ ।

प्रदर्शनमा सहभागि वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा रोकिएको बताउनु भयो ।

सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो । बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा केसी पक्षधरको भनाई रहेको छ ।केसी पक्षले यसअघि नै विज्ञप्ती निकाल्दै सरकार समझदारीबाट पछि हटेको बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,