Connect with us
Kapilvast Forest

भारतको सहयोग लिएर भए पनि चीनसँगको सीमा सुरक्षा गर्नुपर्छ : सरिता गिरी

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

sarta giri

काठमाडौ – पूर्व सांसद सरिता गिरीले नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनुभएको छ ।गिरीले आज विज्ञप्तिमार्फत चीनतर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताउनुभएको हो ।

गिरीले चीन सिमानामा रहेका स्तम्भ अनुगमन गर्न गएको नेपाली टोलीलाई चिनियाँ पक्षले नेपालकै भूमिमा पसेर अश्रु ग्यास प्रहार गरेको र नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा सामान्य घाइते भएको दाबी गर्नुभएको छ ।

यस घटनाबारे सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन गिरीको माग छ । भारतले मिचेको नेपाली भूमिसहित नेपालले नयाँ नक्सा जारी गर्दा गिरीले आपत्ति जनाउनुभएको थियो । देशकाे हितविरुद्ध अभिव्यक्ति र क्रियाकलाप गरेको भन्दै उहाँलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

गिरीले भन्नुभएको छ, ‘नेपाल सरकारले मुलुकको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुँदै गइरहेको छ । सगरमाथा माथि पनि चीनले अधिपत्य जमाइसकेको कुरा संचारमाध्यममा आएका छन तर सरकारले यस विषयबारे पनि अहिलेसम्म मौनता धारण गरेको छ । हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाइ रहेको छ ।

यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भने सरकार ले १९५० को भारतसंँगको मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिइ पनि सिमानाकाे सुरक्षा गर्न माग गर्दछु ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,