Connect with us
Kapilvast Forest

रोजगारीको लागि युवाहरु विदेश जाने हैन कृषि र पशुपालनमा आकर्षित गर्नुपर्छ:परराष्ट्रमन्त्री ज्ञवाली

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौ –  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पालिकाहरुले अहिले कृषि र पशुपालन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ ।रसुवावाढी नाका तथा नुवाकोट र रसुवामा भइरहेका विकास निर्माणका आयोजनाको अवलोकन गर्न पुग्नुभएका मन्त्री ज्ञवालीले तीन तहका सरकारले स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, पशुपन्क्षीपालन लगायतका क्षेत्रमा आकर्षित गराउने कार्यक्रम चलाउनुपर्ने बताउनुभयो ।

देशका शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेकाले त्यसलाई रोक्न सक्ने योजना बनाउन उहाँले निर्देशन पनि दिनुभयो । विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने उहाँको विश्वास छ ।

सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

यस्तै मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुुर्याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,