Connect with us
Kapilvast Forest

भारतको बनारसबाट १४ बर्षिय बालिकाको उद्दार

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु-दुई बर्षदेखि भारतको बनारसमा अलपत्र परेकी १४ बर्षिय एक बालिकाको उद्दार गरिएको छ । शान्ति पुनस्र्थापना गृह कपिलवस्तुले भारतीय दुतावासको सहयोगमा उद्दार भएको जनाएको छ ।

जिल्लाको बिजयनगर घर भएकी १४ बर्षिय बालिका परिवर्तित नाम सपनाको उद्दार भएको बताईएको छ । दुई बर्ष पहिले बेपत्ता भएकी बालिकालाई नाम नखुलेको व्यक्तिले ललाई फकाई गरि आर्केस्तामा डान्स लगायत कार्यको लागि कृष्णनगर हुँदै भारतको बनारस पु¥याइएको थियो । त्यहाँ लुकाइ छुपाई गरि राखिएको गोप्य सूचनाको आधारमा फेला पारी बालिकालाई उद्दार गरिएको क्षेत्रिय संयोजक भुमिराज भट्टराईले बताउनु भयो ।

शान्ति पुनस्र्थापना गृहका क्षेत्रिय संयोजक भट्टराई र परामर्शदाता सुनिता केसीको विशेष पहलमा यहि असोज २३ गते भारतको बनारस अवस्थित निकेतन बालगृहबाट उद्दार गरि नेपाल ल्याएर उक्त बालिकाको अभिभावकलाई जिम्मा लगाइएको शान्ति पुनस्र्थापना गृह कृष्णनगरले जनाएको छ ।

विश्वभरि कोभिड–१९ को महामारी फैलिएरहेको बखत तथा लकडाउन अवधिदेखि हाल सम्मको अवस्थामा शान्ति पुनस्र्थापना गृहले आफ्नो कार्यलाई यथावत राख्दै भारतको विभिन्न शहरबाट ११ जना र बडरबाट ३६ जना गरि ४७ जना महिला तथा बालबालिकाहरूको उद्दार गरिएको शान्ति पुनस्र्थापना गृह कपिलवस्तु जिल्ला संयोजक निशा पन्थी जानकारी दिनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,