Connect with us
Kapilvast Forest

नेकपा सितगगांले ब्लड क्यान्सर पिडित बलालको उपचारको लागि आर्थिक सहयोग गर्ने

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

  • अर्जुन बेल्बासे

कपिलवस्तु-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शितगगां नगरपालिका वडा न १० को वडा कमिटीको बैठक सनिवार सम्पन्न भएको छ ।

आज बसेको वडा कमिटिको बैठकले पार्टी सदस्यहरु विस्तार गर्ने, पार्टीलाई बलियो कसरि बनाउने, समाजमा रहेका समस्याहरुको समस्या कसरि गर्ने भन्ने विषयहरु माथि छलफल गरेको वडा कमिटिका अध्यक्ष थालेश्वर बेल्बासेले जानकारी दिनुभयो ।

बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सकृय सदस्य शितगगा नगरपालिका वडा न १० काठेखोला निवासी पदम बहादुर बलालका ब्लड क्यान्सर छोरा तिलक बहादुर बलालको उपचारको लागि र दस हजार नगद दिने निर्णय भएको वडा कमिटिका अध्यक्ष थालेश्वर बेल्बासेले जानकारी दिनुभयो ।

बैठक वडा कमिटीका अध्यक्ष थालेश्वर बेल्बासेको अध्यक्षता, नगर ईन्चार्ज बसन्तकुमार श्रेष्ठ अर्यालको प्रमुख आतिथ्यता,जिल्ला कमिट सदस्य तथा नगर कमिटि सदस्य मणि अधिकारी , जिल्ला कमिट सदस्य धन बहादुर राना, प्रदेश कृषि विभागका सदस्य यमलाल आचार्य तथा नगर तथा वडा कमिटिका सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको हो  ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,