Connect with us
Kapilvast Forest

भीष्मकुमार भूसालको नियात्रा ‘कोको पहाडमा भाेको यात्री’ सार्वजनिक

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं-नेपाल सरकारका सहसचिव डा. भीष्मकुमार भूसालको यात्रा संस्मरण ‘कोको पहाडमा भोको यात्री’ आज सार्वजनिक भएको छ ।भर्चुअल पुस्तक विमोचन कार्यक्रम मार्फत कृति सार्वजनिक भएको हो । भूसालको यो दोस्रो साहित्यिक कृति हो । यो भन्दा पहिले उहाँको कविता संग्रह ‘पहाड उचाल्ने परेलाहरु’ प्रकाशन भइसकेको छ ।

कोको पहाडभित्र भोको यात्री अध्ययन तथा जागिरको शिलशिलामा आफूले देश तथा विदेशमा गरेका यात्रा तथा अनुभवको संस्मरण भएको भूसालले बताउनुभयो ।

नेपाल, चीन, जापान, युरोप, अफ्रिका र अमेरिकाका अनुभव बोकेको यस पुस्तकमा कर्मचारीका शैली, दुःख, हाँस्य, इतिहास, अर्थनीति, नोस्टाल्जिया र टाइम ट्राभलका कुरा पनि समेटिएका छन् । यस कृतिमा विभिन्न देशका भाषा कला संस्कृतिहरुलाई एउटै आवारणमा उतार्न खोजिएको भूसालको भनाइ छ ।

कर्मचारीको रुपमा भ्रष्टाचार विरोधी छवि बनाउनुभएका भूसालको कविता ‘बासँगका विलौना’ले सन् २०१३ को हेम सरिता अन्तर्राष्ट्रिय साहित्य पुरस्कार जितेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,