Connect with us
Kapilvast Forest

कोलकाताको नाटकीय जित, पञ्जाबलाई दुई रनले हरायो

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

kolkattaa_ipl

काठमाडौ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले किंग्स इलाभेन पञ्जाबलाई दुई रनले पराजित भएको छ ।

आइपिएलको २४ औं खेलमा अन्तिम तीन ओभरमा समालिएर खेल्न नसक्दा झिनो रनले पराजित भएको हो ।

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनायो ।

पन्जाबलाई अन्तिम ६ बलमा जितको लागि १४ रन आवश्यक थियो । तर स्पिनर सुनिल नारायणले ११ रन मात्र खर्चेर १ विकेट लिएपछि कोलकाताले नाटकीय जित हात पारेको हो ।पञ्जाबले १ सय १५ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । उसका लागि के एल राहुलले ७४ र मयंक अग्रवालले ५६ रन बनाएका थिए । कोलकत्ताका प्रसिद्ध कृष्णले ३ र सुनिल नारिनले २ विकेट लिएका थिए।

यसअघि आबुधावी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।जसमा कप्तान दिनेश कार्तिकले ५८ र शुभमन गिलले ५७ रन बनाएका थिए ।

जितसँगै कोलकत्ता ८ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने २ अंक रहेको पञ्जाब पुछारमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,