Connect with us
Kapilvast Forest

यस वर्ष दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

money

काठमाडौं-राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट वितरण नगर्ने भएको छ।कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट वितरण गर्ने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ।

केही दिनमै सूचना जारी गरेर नयाँ नोट वितरण नगर्नेबारे जानकारी गराइँने राष्ट्र बैंक स्रोतले जनाएको छ। राष्ट्र बैंकले हरेक वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो।

गत साता बसेको सञ्चालक समिति बैठकमा यसबारे छलफल भइसकेको छ । नयाँ नोट वितरण नगर्नेबारे सम्भवत: सोमबार सूचना जारी गरिने स्रोतले बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कोरोनाको जोखिम उच्च भएकाले पंतिबद्ध गराएर नयाँ नोट बाँड्ने अवस्था नभएको बताउनु भयो । ‘यो वर्ष सर्वसाधारणको भिडभाड गराएर नयाँ नोट बाँड्न सक्ने अवस्था छैन,’ उहाँले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,