Connect with us
Kapilvast Forest

कोरोना संक्रमितको हवाई उद्धारमा सेनालाई प्राथमिकता

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं-सरकारले कोरोनाका गम्भीर संक्रमितलाई हवाई उद्धार (एयर लिफ्ट) गर्न सेनालाई प्राथमिकता दिने गरी मापदण्ड जारी गरेको छ।हालसम्म कोरोना संक्रमितको सम्पूर्ण उपचार खर्च राज्यले ब्यहोर्दै आए पनि हवाई उद्धारमार्फत आउने बिरामीले भने त्यसको खर्च आफैँ ब्यहोर्नुपर्ने मापदण्डमा उल्लेख छ।

कोरोना संक्रमितको संख्या बढेसँगै देशभर गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढ्दो छ। संक्रमितको संख्या शनिबारसम्ममा १ लाख ५ हजार नाघेको छ। देशभरमा शनिबार ३२१ जना आईसीयू र ७७ जना भेन्टिलेटरमा उपचाररत् छन्।

गम्भीर प्रकृतिका संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्नेको संख्या पनि बढ्दै जाने भएकाले सरकारले हवाई उद्धारसम्बन्धी मापदण्ड जारी गरेको हो।

सबै जिल्ला र क्षेत्रमा पर्याप्त आईसीयू र भेन्टिलेटर नभएका कारण गम्भीर कोरोना संक्रमितलाई एयर लिफ्ट गरी सुविधासम्पन्न अस्पतालमा पुर्‍याउनका लागि मन्त्रालयले यो मापदण्ड जारी गरेको हो।

हवाई उद्धारका लागि विमान, हेलिकाेप्टर, एयर एम्बुलेन्सको प्रयोग गरी कोभिड-१९ का बिरामीहरूको ओसारपसार गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,