Connect with us
Kapilvast Forest

बन्दुक देखाउँदै प्रेमिकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

rape
प्रतिनिधिमुलक तस्विर

एजेन्सी-भारतको झारखण्डमा बन्दुक देखाउँदै प्रेमीकै अगाडि प्रेमिकालाई ५ जनाले सामूहिक बलात्कार गरेका छन्।बीबीसी हिन्दीका अनुसार झारखण्ड प्रहरीले शनिबार दिएको जानकारीअनुसार जमसेदपुर सहरमा १७ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न आरोपमा झारखण्ड प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।वरिष्ठ प्रहरी अधिक्षक तलिम वाननका अनुसार घटना गत मंगलबारको हो।

किशोरी आफ्ना ब्वाइफ्रेन्डसँग बागबेडा भन्ने स्थानमा जाँने क्रममा अचानक ५ जना देखापरे र बन्दुक देखाउँदै उनीहरूलाई कालियाडिह गौशाला भन्ने ठाउँमा लगे र ब्वाइफ्रेन्डलाई बाँधे अनि किशोरीलाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ५ जनामध्ये एक जना नाबालिग भएकाले उनलाई सुधारगृह र अन्य ४ अभियुक्तलाई हिरासतमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तको नाम सार्वजनिक गरिसकेको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,