Connect with us
Kapilvast Forest

पार्टीभित्रको भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठन स्थगित

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

oli

काठमाडौं-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया दशैंसम्मका लागि स्थगित भएको छ ।तीन साताअघि बसेको सचिवालय बैठकले सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेको थियो । मन्त्रीमण्डल पुनर्गठन गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दिनहुँजसो छलफल भए पनि सहमति जुट्न सकेको छैन । मन्त्रीमण्डल पुनर्गठनको विषयमा दुवै अध्यक्षले आ–आफ्नो अडान कायमै राख्दा सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री ओली सरकार सञ्चालन गर्न आफँ अनुकँल व्यक्तिलाई मन्त्री बनाउनुपर्ने अडानमा रहनुभएको छ भने अध्यक्ष प्रचण्डले पनि पार्टीको निर्णयअनुसार मन्त्री बनाउनुपर्ने अडानमा रहनुभएको छ । मन्त्रीमण्डल पुनर्गठनको विषयमा पात्रको विषय छलफल भए पनि सहमति जुट्न नसक्दा थप जटिल बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीले रिक्त तीन मन्त्रालयमा तीन जना तत्काल थपेर बाँकी मन्त्रीहरु हेरेफेर गर्ने प्रस्ताव अगाडि सारे पनि अध्यक्ष प्रचण्डले एकसाथ नै मन्त्रीहरु हेरफेर गर्नुपर्ने अडान राख्दै आउनुभएको छ ।

नेकपा सचिवालयका एक सदस्यले दशैंअगाडि मन्त्रीमण्डल पुनर्गठन हुने सम्भावना न्यँन रहेको बताए । उनका अनुसार दुई अध्यक्षबीच शनिबारबाट पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा केन्द्रित भएर छलफल शुरु भएको छ ।

दिनहुँ दुई अध्यक्षबीच छलफल भए पनि वार्ता विनानिष्कर्ष टुंगिँदै आएको छ । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति र पार्टी एकताका काम टुंग्याउने विषयमा छलफल भए पनि सहमति जुट्न सकेको छैन् । शनिबार तीन घण्टा छलफल भएको थियो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पार्टी एकताकै विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। केही समययता प्रधानमन्त्रीसमेत केन्द्रित रहेको बताउनुभयो । दुई अध्यक्षबीच भएको छलफलमा सहमति जुट्न नसकेपछि शनिबारको भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी हुनुभएको थियो ।

गत असोज ६ गते बसेको सचिवालय बैठकले पार्टी एकताका कामलाई पँर्णता दिने विषयमा प्रस्ताव ल्याउने जिम्मेवारी अध्यक्षद्वय र महासचिवलाई दिएको थियो। १० दिनभित्र एकताको प्रस्ताव ल्याउने जिम्मेवारी दिए पनि अझैसम्म प्रस्ताव तयार भएको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,