Connect with us
Kapilvast Forest

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

bheri-hospital

कोहलपुर-बाँकेमा गए राति दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गए राति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो।

उहाँलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।गम्भीर प्रकृतिको निमोनियाका कारण उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको छ।उहाँको शनिबार राति ९ बजेर ५५ मिनेटमा मृत्यु भएको थियो। असोज ६ गते कोरोना संक्रमन पुष्टि भएका उनको स्वास्थ्यमा सुधार नभएपछि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताउनु भयो।

उहाँको मृत्युको कारण पनि निमिनियाको कारण स्वासप्रश्वासमा समस्या उत्पन्न भएर भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।योसँगै बाँकेका मात्रै २६ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,