Connect with us
Kapilvast Forest

नेपाललाई अस्ट्रेलियाले डेढ अर्ब दिने

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं— अस्ट्रेलियाले नेपाललाई यस आर्थिक वर्षमा २ करोड १४ लाख डलर ९करिब १ अर्ब ७० करोड रुपैयाँ सहयोग दिने भएको छ ।यो सहयोग रकम गत आर्थिक वर्षको भन्दा ९ लाख डलरले कम हो । अस्ट्रेलियाका ट्रेजरर जोस फ्राइडेनबर्गले जारी गरेको बजेट घोषणामा अस्ट्रेलियाले वैदेशिक सहायता कार्यक्रमअन्तर्गत उपलब्ध गराइने रकममध्येबाट नेपाललाई उक्त रकम दिइने उल्लेख गरिएको छ । दक्षिण एसियालीलगायत विभिन्न देशलाई अस्ट्रेलियाले हरेक वर्ष सहयोग दिँदै आएको छ ।

 

दक्षिण एसियाली देशलाई घोषणा गरिएको आर्थिक सहयोगमा अस्ट्रेलियाले यस वर्ष गत वर्षको भन्दा करिब ७ करोडले कमी गरेको छ । सबैभन्दा धेरै कटौती अफगानिस्तानको सहयोगमा गरेको छ । गत वर्ष ८ करोड २० लाख सहयोग दिइएकामा यस वर्ष घटाएर ५ करोड ५३ लाखमा झारेको छ । यसैगरी पाकिस्तान र बंगलादेशलाई दिइने सहयोग समेत उल्लेख्य रुपमा घटाइएको छ ।

बजेट घोषणाअनुसार नेपालसहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, माल्दिभ्स र दक्षिण तथा पश्चिम एसियाका ग्रामीण क्षेत्रका लागि १९ करोड ३० लाख डलर सहयोग घोषणा गरेको छ, जुन गत वर्ष २६ करोड ६० लाख डलर थियो ।

अस्ट्रेलियाली राजनीतिका जानकार सञ्चारविद् डा। भरतराज पौडेलले अस्ट्रेलियाले अफगानिस्तान, पाकिस्तानलगायतका देशको सहयोग रकम धेरै कटौती गरेको सन्दर्भमा नेपालको रकममा कटौती नहुनु खुसीको कुरा भएको दाबी गनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,