Connect with us
Kapilvast Forest

आगामी तीन दिनको मौसम यस्तो छ

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

rain

काठमाडौ- हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन एक/ दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको

हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिम-उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २५ गते (आइतबार)

दिउँसो : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भु-भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २६ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २७ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थेरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,