Connect with us
Kapilvast Forest

रुपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

corona-hospital-butwal

बुटवल । कोरोना संक्रमणका कारण रुपन्देहीका थप तीन जनाको मृत्यु भएको छ ।

जसमध्ये दुई जनाको कोरोना विशेष अस्पतालमा र एक जनाको बाटोमै मृत्यु भएको हो ।

शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बुटवल ११ का ८४ वर्षीय पुरुषको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

रुपन्देहीका अस्पतालमा आईसीयू बेड खालि नभएका कारण दाङको कोरोना विशेष अस्पताल बेलझुन्डी लैजादै गर्र्दा बाटोमा मृत्यु भएको छ । उहाँलाई शनिबार नै कोरोना पुष्टि भएको थियो । उहां मुटुका दीर्घरोगी हुनुहुन्थ्यो ।

यस्तै गाए राती २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । अस्पतालका सुचना अधिकार डा. विष्णु गौतमका अनुसार गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पतालमा भर्ना भएकी महिलाको मध्यराती २ बजे मृत्यु भएको हो । उहाँको श्वाश प्रश्वाशमा समस्या थियो ।

यस्तै बुटवल १ का ७० वर्षिय पुरुषको पनि राति ९ः५५ मा मृत्यु भएको छ । उहां गत २२ गते देखि कोरोना बिशेष अस्पतालमा उपचार गराईरहनु भएको थियो । उहाँमा निमोनिया र श्वाशप्रश्वाशमा समस्या थियो ।

मृत्यु भए भएका सबै बुटवल उपमहानगरका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,