Connect with us
Kapilvast Forest

सालनालसहित भेटियो नवजात शिशुको बेवारिसे शव

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

सोलुखुम्बु – जिल्लाको दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीममा एक नवजात शिशुको शव बेवारिसे अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको जानकारी दिनुभयो ।

लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार नवजात शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,