Connect with us
Kapilvast Forest

डोटीको पहिलो उज्यालो पूर्वीचौँकी गाँउपालिका

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

bidur

डोटी-जिल्लाको पूर्वीचौँकी गाँउपालिकाको सात वटै वडाहरुमा बिजुली बत्ती बलेको छ । सबै वडामा विद्युत् बलेपछि उक्त गाउँपालिका जिल्लाकै पहिलो उज्यालो गाउँपालिका भएको छ ।

स्थानीय तहको निर्वाचनको समयमा तत्कालिन नेकपा एमालेबाट अध्यक्षका उमेदवार रहनु भएका दीर्घराज बोगटीले पूर्वीचौकी गाउँपालिकाका सबै वडामा विद्युत् पुर्याउने घोषणापत्र सार्वजनिक गर्नु भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि आफूले गरेका बाँचा पूरा गर्ने योजनाअनुसार सबै वडामा विद्युत् विस्तार गरिएको उनले बताए। नौ वटा स्थानीय तह रहेको डोटीका अधिकांश स्थानीय तहका वडामा विद्युत् विस्तार नभइरहेका बेला पूर्वीचौकी गाउँपालिका भने झिलिमिली भएको हो ।

गाउँपालिकाको नीति तथा नियमअनुसार सबै वडामा राष्ट्रिय विद्युत् प्रशारण लाइनको विद्युत् सेवा विस्तारगर्ने योजनाअनुसार अहिले गाउँगाउँमा विद्युत् सेवा विस्तारभएको हो । गाउँगाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी पनि खुशी भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७६-७७ मा विद्युत् विस्तारका लागि विनियोजन गरेको २८ लाख बजेट र नेपाल विद्युत् प्राधिकरण दिपायलको प्राविधिक सहयोगमा गाउँपालिकामा विद्युत् सेवा विस्तार गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,