Connect with us
Kapilvast Forest

नेकपाकै सांसदद्वारा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा १८ जना सांसदको हस्ताक्षर संसदीय दलका नेता गुलावजङ्ग शाहलाई बुझाइएको हो । सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताउनुभयो ।

अविश्वास पत्रमा मुख्यमन्त्री शाहीले पार्टीको काम प्रभावकारी रुपमा गर्न नसकेको उल्लेख गरिएको छ । संसदीय दलको नेता भएपछि प्रभावकारी काम गर्न नसकेको र पार्टीको उपस्थिति फितलो बन्न पुगेकाले शाहीप्रति आफूहरुको विश्वास नरहेको उनीहरुले बताएका छन् ।

अविश्वासको पत्रमा हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका तीन जना सांसद छन् । कर्णाली प्रदेश सभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

संसदीय दलको विधान २०७५ को २४ (१) बमोजिम १८ जना सदस्यले हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव बुझाएका हुन् । साथै नियम २४ को उपनियम १, २, ३ र ४ अनुसार तत्काल संसदीय दलको बैठक आह्वान गरी मार्ग प्रशस्त गर्नसमेत माग गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,