Connect with us
Kapilvast Forest

काेराेनाबाट भरतपुर २० का वडाध्यक्षकाे ज्यान गयाे

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

चितवन – चितवनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट भरतपुर महानगरपालिका २० का अध्यक्षको ज्यान गएको छ ।भरतपुर अस्पतालमा उपचाररत वडाध्यक्ष ६९ वर्षीय मणिलाल तामाङको आइतबार बिहान ११ः३० बजे ज्यान गएकाे अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि वडाध्यक्ष तामाङलाई असोज २३ गते अस्पतालमा भर्ना गरिएको थियो । उहाँमा असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँमा मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो ।

अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको ज्यान गएकाे हो ।

अध्यक्ष तामाङ २०७४ को पालिका चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । उहाँकाे निधनप्रति भरतपुर महानगरपालिकाले शोक व्यक्त गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवङ्गत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । उहाँकाे सम्मानमा साेमबार एकदिन भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द रहने शोक वक्तव्यमा उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,