Connect with us
Kapilvast Forest

विप्लवसहित २० राजनीतिक सङ्गठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

biplop

काठमाडौं- नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपासहितका २० राजनीतिक सङ्गठनहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।शनिवार २० राजनीतिक सङ्गठनहरूको संयुक्त बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात गरेको निष्कर्ष निकाल्दै सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।असोज २९ गते माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गर्ने ती सङ्गठनहरूको तयारी रहेको छ ।

सरकारविरुद्धको संयुक्त आन्दोलनमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत छन् ।

 

शनिबार बसेको २० राजनीतिक संगठनहरुको कार्यगत एकताको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र जनघात गरेको निष्कर्ष निकाल्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एमसीसी खारेज गर्न, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिवन्ध हटाउन र कोभिड १९ मा सरकारबाट भएका भ्रष्टाचारको विरोध गर्न स्वास्थ्य सावधानी अपनाउँदै प्रदर्शन गर्न लागिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले जानकारी दिनु भयो ।

२० राजनीतिक संगठनहरुले स्थानीयस्तरमा पनि सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । स्थानीयस्तरमा अनुकूल समयमा विरोध प्रदर्शन हुने गजुरेलले बताउनु भयो । ‘

सरकारविरुद्धको संयुक्त आन्दोलनमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत छन् । राष्ट्रिय जागरण मञ्च विप्लव समूह निकट हो । विप्लव नेतृत्वको नेकपा पहिलेदेखि नै यो मोर्चामा आबद्ध थियो । तर सरकारले नेकपालाई प्रतिबन्ध लगाएकाले विप्लव समूहको राष्ट्रिय जागरण मञ्चलाई कार्यगत एकतामा समेटिएको एक नेताले जानकारी दिनु भयो।

यसैगरी जन समाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) पनि कार्यगत एकतामा छन् ।

नेकपा (माओवादी) लाई पनि समाबेस गरिएपछि कार्यगत एकतामा रहेका संगठनहरुको संख्या २१ पुगेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,