Connect with us
Kapilvast Forest

१० प्रतिशत धानबालीमा कीराको प्रकोप

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

वीरगञ्ज – लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका पर्साका किसानले यस वर्ष लगाएको १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप देखिएको छ ।

जिल्लाको ग्रामीण भेगमा लहलहाउँदो धानको बाला देखेर हर्षित किसान युरिया मलको अभाव हुँदा धानमा बाला लाग्ने समयमा गबारो, फड्के र घोक्रे कीराको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादन घट्ने भएको छ  ।

बारा जिल्ला, गडहल गाउँमा २२ कठ्ठा जग्गामा धान खेती गर्दै आएका किसान पण्डितले कीराको प्रकोपका कारण धान सुकेर पहेँलो देखिएकाले यस वर्ष धान उत्पादनमा कमी आउने चिन्ताले सताएको छ ।

पर्सा जिल्लाका किसानले भारतीय तथा सिफारिस गरिएको धान लगाएका कारण कीराको बढी प्रकोप भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले बताए । रोगका कारण धान फले पनि दाना नलागेको, पात पहेँलो देखिएको जस्ता लक्षणको कारण यस पालि यस्तो समस्या आएको र रोग नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

रोग र कीराको प्रकोपका कारण धानको बालामा दाना नलाग्ने, बोट कुहिने र पात पहेँलो भएर सुक्ने समस्या देखिएको छ । पर्सा जिल्लामा यस वर्ष किसानले ४६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरेका छन् ।

चालु आर्थिक वर्षको साउन महिनादेखि युरिया मलको अभावको कारण धान खेतीमा रोग कीरा लाग्न थालेको किसानको भनाइ छ । समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने धानखेती मात्र नभएर मकै, मसुरोलगायत बर्खेबाली खेती प्रभावित हुने गरेको किसानको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,