Connect with us
Kapilvast Forest

देउवा समेतले ९ अर्ब खाएको आरोप पुष्टि गर्न बाबुरामलाई कांग्रेसको चुनौती

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

congress\

काठमाडौं  – नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईको अभिव्यक्तिमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।बूढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापतिसमेतको संलग्नता रहेको भनेर गएको शुक्रबार नेता भट्टराईले बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले गोरखामा आयोजित एक कार्यक्रममा बूढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नाै अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै त्यसको प्रमाण दिनसमेत आफू तयार बताउनुभएकाे थियाे ।

नेता भट्टराईको यो भनाइप्रति आपत्ति जनाउँदै कांग्रेसले आइतबार प्रेस विज्ञप्ति निकाल्दै त्यो आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

प्रेस विज्ञप्तिमा वर्तमान सरकार बनेपछि बूढीगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पिन तयार भएकोप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा नै कडा विरोध गर्दै आएको बताइएको छ ।

डा. भट्टराई बुढीगण्डकीबारे ज्वलन्त प्रश्नसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नुभएको कांग्रेसले जनाएकाे छ । हलुका टिप्पणीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा नभएकाे विज्ञप्तिमा भनिएकाे छ ।

तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु आफ्नाे कर्तव्य हुन जाने कांग्रेसले जनाएकाे छ ।

‘राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुट र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपिल गर्दछौँ, तथ्यको जगमा सत्यको खोजी नगरि केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुन सक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौँ’, विज्ञप्तिमा भनिएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,