Connect with us
Kapilvast Forest

महाराजगंजमा सामाजिक सुरक्षा सुचना ब्यवस्थापन तालिम सम्पन्न

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

maharajganj
कपिलबस्तु-
कपिलबस्तुको महाराजगंज नगरपालिकामा महाराजगंजमा सामाजिक सुरक्षा सुचना ब्यवस्थापन प्रणाली सम्बन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ । महाराजगंज नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजनामा सामाजिक सुरक्षा भत्ता सुचना ब्यवस्थापन प्रणाली सम्बन्धी वडा सचिव तथा कार्यालय सहायकहरुको लागि ३ दिने तालिम सम्पन्न भएको छ ।
सो तालिम महाराजगंज नगरपालिकाको सुचना प्रबिधी अधिकृत बृजेश कुमार चौधरी को अध्यक्षतामा २०७७।०६।२३ गते सञ्चालन भएको थियो । नगरपालिका भित्र रहेका सामाजिक सुरक्षा भत्ता प्रप्त गर्ने लाभग्राहीहरुको बिवरण MIS प्रणाली ईन्ट्री गर्न, बिवरण अध्यावधिक गर्न,फोटो राख्न, MIS प्रणाली बाट परिचयपत्र प्रिन्ट गर्ने तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी सम्बैधानिक ब्यवस्थाको सम्बन्धमा जानकारी गराउने उदेश्यको साथ तालिम सञ्चालन गरिएको सुचना प्रबिधी अधिकृत बृजेश कुमार चौधरीले बताउनु भयो ।
उक्त तालिम नगरपालिकाको सभाहलमा ११ वटै वडाका वडा सचिव कार्यालय सहायक सामाजिक परिचालक,एम.आई.एस अपरेटरको सक्रिय सहभागितामा तालिम सञ्चालन सम्पन्न भएको जानकारी गराउनु भयो । उक्त तालिमको अनुगन नगर प्रमुख अब्दुल कलाम,प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेल,लेखा अधिकृत दिलिप कुमार सिहंले अनुगमन गर्नु भएको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,