Connect with us
Kapilvast Forest

विभिन्‍न बहानामा पत्रकारहरुलाई जागिरबाट निकालेको भन्दै महासंघ प्रदर्शनमा

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

patrakar

काठमाडौं – विभिन्‍न बहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी बिदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्‍चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभागअगाडि प्रदर्शनमा गउत्रिएको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताउनु भयो । सरकारलाई दबाब दिन विभागअगाडि लालटिन बाँलेर प्रदर्शन गरिएको उहाँले बताउनु भयो ।

लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी बिदामा राख्‍ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताउनु भयो ।

कोरोनालाई बहाना देखाएर विभिन्‍न सञ्‍चारमाध्यमहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्ने र बेतलबी बिदामा राखेका छन् । जागिरबाट निकालिएका पत्रकारहरु अहिले आन्दोलित छन् । पत्रकार महासंघले समेत उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,