Connect with us
Kapilvast Forest

राजश्व अनुसन्धान बुटवलका अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

aktiaara

 

काठमाडौं – राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट राजस्व लगायतका विभिन्न काममा सहजीकरण गरिदिएवापत २ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगले राना र झालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा रानाले राजस्व लगायतका काममा सहजीकरण गरिदिएवापत झासँग दुई लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उहाँविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भयो । अधिकारीका अनुसार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई प्रलोभनमा पारी घुस दिएको पुष्टि हुन आएकोले उहाँविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,