Connect with us
Kapilvast Forest

चाडपर्वमा हुन सक्ने कालोबजारी अनुगमन गर्न उपसमिति गठन

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं- संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वमा हुन सक्ने कालोबजारी र महंगीका सम्बन्धमा अनुगमन गर्न उपसमिति गठन गरेको छ ।आइतबार बसेको समितिको बैठकले यसवर्षको छठ पर्वसम्म म्याद रहने गरी पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा नेकपाका सांसदहरु दिलकुमारी र माया देवी न्यौपाने, कांग्रेसका सांसद प्रकाश रसाईली ९स्नेही० सुजाता परीयार सदस्य रहनु भएको छ। एक जना सदस्य पछि चयन गरिने जनाइएको छ ।

चाडपर्वको समयमा हुन सक्ने महंगी र कालोबजारीका विषयमा स्थलगत अनुगमन गर्ने र सरोकारवालाहरुलाई बोलाएर छलफल गर्ने जिम्मेवारी उपसमितिलाई दिइएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिनु भयो ।

‘उपभोक्तालाई मारमा पार्ने गरी हुन सक्ने महंगी, अस्वस्थ खाद्य पदार्थको बिक्री, महंगी यावत कुरामा उपसमितिले अध्ययन र अनुगमन गर्न समिति गठन भएको गठित समितिले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,