Connect with us
Kapilvast Forest

कोरोना नियन्त्रण गर्न कपिलवस्तु, बाँके र वीरगञ्जजस्तामा अपनाइएको अभ्यास सिकौं :परराष्ट्रमन्त्री ज्ञवाली

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौं -परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको देखिएको बताउनु भएको छ ।आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उनहाँले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको बताउनु भएको छ ।

धेरै हिसाबले देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने जिल्ला वा राजधानी शहर हो । हरेक राजनीतिक परिवर्तनमा सामाजिक पविर्तनहरुमा यसले त्यही भूमिका खेलेकोछ । तर कता कता महामारीविरुद्धको लडाईंमा काठमाडौं पछाडि परेको जस्तो देखिँएको बताउनु भयो ।

कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय नभए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको मन्त्री ज्ञवालीले बताउनु भयो । उहाँले काठमाडौंका आम नागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह गर्नु भयो । पहिले कोरोना संक्रमणका हट स्पट रुपमा रहेका यि जिल्लामा पछिल्लो समय संक्रमित दर घटदै गएको छ ।
४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै उहाँले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताउनु भयो । ६० प्रतिशत संक्रमित काठमाडौंमै रहेका र क्रिटिकल केयर चाहिने अवस्थाका संक्रमित पनि यहीँ बढी भएकाले हालको स्वास्थ्य सामर्थ्यले धान्न नसक्ने उनहाँको भनाइ छ । ‘

कोरोना महामारीलाई हल्का ढंगले लिन नहुने पनि उनले बताए । ‘१० लाख ५० हजार भन्दा बढीको ज्यान लिने रोग सामान्य हुँदै होइन’ उहाँले भन्नु भयो ‘यसप्रतिको उच्च सतर्कतालाई रत्तिभर पनि कम गर्नु हुँदैन ।’ नेपालमा संक्रमणको श्रृङ्खला रोक्न नागरिकको सचेतता एकदमै जरुरी छ ।’

मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताउनु भयो । उहाँले आफ्ना अभिभावक र मान्यजनलाई कोरोनाबाट जोगाउन सबै सचेत हुनुपर्ने बताउनु भयो । ‘हाम्रा अभिभावक, ज्येष्ठ नागरिकको सुरक्षा हाम्रो निम्ति एकदमै महत्वपूर्ण छ । हाम्रो सानो लापरवाहीले उहाँहरुको जीवनमा जोखिम पुर्‍याउँने हुदाँ सचेत रहन आग्रह गर्नुृ भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,