Connect with us
Kapilvast Forest

यस वर्ष दशैँमा नयाँ नोट साट्न नपाइने

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

काठमाडौ – नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँमा नयाँ नोट सटही नगर्ने जनाएको छ ।बिगतमा दशैको लागि भनेर सर्वसाधरणको लागि साना दरका नयाँ नोट निष्काशन गर्दै आएपनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकले निर्णय गरेको हो ।

यस वर्षको दशैमा भने हाल तीव्र रुपमा कोरोना भाइरसको संक्रमण बढेको र नोट वितरण गर्दा बैंकहरुमा भिडभाड हुने हुँदा नयाँ नोट सटही नगर्ने भन्र्दै केन्द्रीय बैंकले सुचना जारी गरेको छ ।

राष्ट्र बैंकमा र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भएको परिपेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै नयाँ नोट सटही नगर्ने जनाएको छ ।

बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको वडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा राष्ट बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,