Connect with us
Kapilvast Forest

१३ औं पटक फ्रेन्च ओपनको उपाधि राफेल नाडाललाई

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

rafel-nadal.jpg

एजेन्सी-स्पेनिस खेलाडी राफेल नाडालले फ्रेन्च ओपनको उपाधि १३ औं पटक जित्न सफल बन्नु भएको छ । राफेलले रोलान्ड ग्यारोसमा भएको फाइनलमा नोभाक जोकोभीचलाई सजिलै ६–०, ६–२ र ७–५ ले पराजि गर्नु भयो ।

यस उपाधिसँगै राफेलले करियरमा कुल ग्राण्डस्लामको उपाधि २० वटा पु-याउनु भएको छ । यसका साथै राफेलले स्वीस खेलाडी रोजर फेडेररसँग पनि बराबरी गर्न सफल हुनु भएको छ ।

पहिलो सेटमा तीन सर्भिस ब्रेक गरेर ६–० ले जितेका राफेलले दोस्रो सेटमा पनि जोकोभिचको एक सर्भिस ब्रेक गर्नु भएको थियो । जसका कारण ६–२ ले जित्तनु भयो ।यसका साथै, तेस्रो सेटमा राफेलले जोकोभिचबाट कडा टक्कर पाए पनि टाइब्रेकरमा ७–५ ले जित्न सफल हुनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,