Connect with us
Kapilvast Forest

अस्पताल निर्माणका लागि करीब ६ करोड निकासा

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

salyan.jpg

सल्यान -सल्यानका स्थानीय तहहरूमा अस्पताल निर्माणका लागि ५ करोड ८५ लाख रुपैयाँ निकासा भएको छ । जिल्लाको ५ ओटा स्थानीय तहमा १५ शøयाको र एउटा स्थानीय तहमा १० शøयाको अस्पताल निर्माण गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरूलाई पत्राचार गर्दै अर्थ मन्त्रालय मार्फत रकम निकासा भइसकेको जानकरी दिएको छ ।

सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कपुरकोट स्वास्थ्य चौकी, दार्मा गाउँपालिकास्थित भालाचौर स्वास्थ्य चौकी, कुमाख गाउँपालिका स्थित मर्मपरिकाँडा स्वास्थ्य चौकी, कालीमाटी गाउँपालिकास्थित कालिमाटी स्वास्थ्य चौकी र बनगाड कुपिण्डे नगरपालिकास्थित देवस्थल स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शøयाको अस्पताल बनाइँदै छ । यस्तै सिद्धकुुमाख गाउँपालिकास्थित कालागाउँ स्वास्थ्य चौकीलाई १० शøयाको अस्पतालको बनाइनेछ ।

अस्पताल नभएका स्थानीय तहहरूमा ५, १० र १५ शøयाको अस्पताल निर्माण गर्ने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ साउन २८ मा गरेको थियो । १५ शøयाको अस्पतालका लागि १ करोड र १० शøयाको अस्पतालका लागि ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । आगामी कात्तिक मसान्तसम्म अस्पताल निर्माण प्रक्रिया शुरू गर्न मन्त्रालयले अनुरोध गरी पत्राचार गरेको जिल्लाका स्थानीय तहहरूले जानकारी दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,