Connect with us
Kapilvast Forest

कैलाली प्रहरी प्रमुखलाई कोरोना,उपचारका लागि काठमाडौं लगियोे

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

 

धनगढी -कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर राणालाई नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । राणालाई एक साताअघि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पछि धनगढीस्थित प्रहरी कार्यालयमै आइसोलेसनमा रही उपचाररत राणालाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बिहान एम्बुलेन्समार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ ।

एसपी राणाको श्वासप्रश्वासमा अलि समस्या देखिए पनि अन्य स्वास्थ्य अवस्था सामान्य रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताउनु भयो । थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौं लगिएका राणाको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार हुने प्रबक्ता सिंहले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,